१४ कार्तिक २०८३, शुक्रबार

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

Logo
Pulse Khabar शुक्रबार, कार्तिक १४, २०८३

सुनसरी: तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गर्नुभएको छ ।

विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर फूलखेती गर्दै आउनुभएका विष्टले यस वर्ष ‘टेबल टेनिस’ जातको सयपत्री फूल लगाउनुभएको छ ।गत वर्ष काठमाडौँबाट ल्याइएको बिरुवा अग्लो हुने र फूल कम फुल्ने समस्या देखिएकाले यसपटक बुटवलस्थित एग्रो कम्पनीबाट बिरुवा ल्याएर खेती गरिएको उहाँले बताउनुभयो । बिरुवाको जात र खेती गर्ने तरिका परिवर्तन गरेकाले यस वर्ष उत्पादन राम्रो भएको उहाँको भनाइ छ ।गत वर्ष १० कट्ठाभन्दा बढी जग्गामा फूलखेती गरेको तर वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्नुपरेको उहाँले बताउनुभयो । थोरै फूलमात्रै जोगिए पनि बजारमा मूल्य राम्रो पाएकाले तिहारमा करिब रु दुई लाखभन्दा बढीको फूल बिक्री गरेको उहाँले जानकारी दिनुभयो । “यस वर्ष गत वर्षको तुलनामा फूलको उत्पादन राम्रो भएको छ । तर तिहार नजिकिँदै गर्दा मौसममा परिवर्तन भइरहेकाले वर्षा र तीव्र हुरीबतासले पुनः खेतीमा क्षति पुर्याउने हो कि भन्ने चिन्ता छ”, विष्टले भन्नुभयो । यसपटक तिहार केही ढिला भएकाले फूलको माग तथा बिक्रीमा असर पर्न सक्ने उहाँको अनुमान छ । यस वर्ष फूल प्रतिकिलो रु ४०० देखि रु ५०० सम्ममा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

विष्टले खेतबाटै स्थानीय उपभोक्तालाई फूल बिक्री गर्दै आउनुभएको छ । बराहक्षेत्र नगरपालिका–६, ७ र ८ का स्थानीय बासिन्दा फूल किन्न खेतमै आउने गरेका छन् । खेतबाटै फूल खरिद गर्ने ग्राहकलाई बजारको तुलनामा प्रतिकिलो रु २० सम्म सस्तो मूल्यमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । धरान र इटहरीबाट समेत ग्राहक फूल खरिद गर्न खेतमा आउने गरेको उहाँको भनाइ छ ।भारतबाट आयात हुने फूलको समयमै क्वारेन्टाइन जाँच गरी गुणस्तर परीक्षणमा कडाइ गर्नुपर्ने विष्टको भनाइ छ । भारतमा उत्पादन भएका फूल नेपालका दमक, धरान र विराटनगरलगायतका स्थानमा रहेका शीतभण्डारमा करिब १५ दिन अगाडिदेखि नै ल्याएर भण्डारण गरी राख्ने र पछि नेपाली बजारमा पठाउने गरिएकाले आयातित फूल बजारमा आउँदा स्वदेशी किसानले उत्पादनको उचित मूल्य पाउन समस्या हुने गरेको उहाँको भनाइ छ ।आयातित फूलको नियमन प्रभावकारी भए स्वदेशी किसानले उचित बजार पाउने विष्टको विश्वास छ । स्वदेशी फूलको प्रयोग बढेमा नेपाली किसानलाई प्रोत्साहन मिल्नुका साथै देशभित्रै रोजगारी र आयआर्जनका अवसर सृजना हुने साथै बेरोजगार युवालाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206