१० कार्तिक २०८३, सोमबार

झापामा भूमिगत डिजेल ट्यांकी पड्कियो: साढे ९ हजार लिटर डिजेल जल्दा चालक घाइते

Logo
Pulse Khabar सोमबार, कार्तिक १०, २०८३

झापा:झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी विस्फोट भएर आगलागी हुँदा एक जना घाइते भएका छन् ।

आइतबार राति साढे ७ बजेतिर जमिनमुनि गाडिएको ट्यांकीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल भर्ने क्रममा अचानक विस्फोट भई आगलागी भएको हो। उक्त ट्यांकीमा करिब ९ हजार ५०० लिटर लाइट डिजेल भण्डारण गरिएको थियो।आगलागीमा परी टिपर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ का ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य छ। घटनामा टिपरमा सामान्य क्षति पुगेको छ भने ट्यांकीमा रहेको सम्पूर्ण डिजेल जलेर नष्ट भएको छ।

आगो नियन्त्रणमा लिन प्रहरी टोली, शिवसताक्षी नगरपालिकाको दमकल तथा कम्पनीका कर्मचारी खटिएका थिए। ट्यांकी विस्फोट हुनुको कारणबारे भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206