१० कार्तिक २०८३, सोमबार

दसैँलगत्तै जुर्मुरायो मुस्ताङको पर्यटन: मुक्तिनाथ दर्शन गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो

Logo
Pulse Khabar सोमबार, कार्तिक १०, २०८३

मुस्ताङ:हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दशैंपछि भक्तजनको संख्या बढेको छ ।

दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जना भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन् । प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दशैंको भोलिपल्ट तीन हजार ३३, शुक्रबार चार हजार ८१३ र शनिबार चार हजार २८४ जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् ।गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी-जोमसोम सडक ध्वंस्त हुँदा दुई सातासम्म पूर्ण रुपमा सडक अवरुद्ध बनेको थियो । बर्सेनि सोह्र श्राद्धका बेला हजारौ तीर्थालुहरु मुस्ताङ आउने गरेका भएपनि यसपटक सडक असहजताका कारण पर्यटक उपस्थिती हुन सकेको थिएन ।

मुक्तिनाथमा दर्शनार्थीको संख्या बढेसंगै बेनी-जोमसोम सडकमार्गका होटलहरु पर्यटकले भरिन थालेका छन् । यसैगरी मुस्ताङमा पर्यटक आगमन बढेसँगै यहाँका स्याउ, स्याउबाट बनेका ब्रान्डी र वायनलगायतका कृषि उपजका सामग्रीको किनमेल पनि बढेको छ ।तनहुँबाट मुक्तिनाथ दर्शन गर्न आउनुभएका सुजन थापामगरले चाडपर्वको बिदालाई सदुपयोग गर्दै मुक्तिनाथको दर्शन गर्न आइपुगेको बताए । ललितपूरका रत्नबहादुर महर्जन पनि आफूसहित सात जनाको टोली मुक्तिनाथको दर्शन र कोरलानाका घुम्न आएको बताए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206