१० कार्तिक २०८३, सोमबार

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

Logo
Pulse Khabar सोमबार, कार्तिक १०, २०८३

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गर्नुभएको छ ।

आजदेखि सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणका अवसरमा उहाँले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना व्यक्त गर्नुभयो ।प्रधानमन्त्री शाहले भन्नुभएको छ, “एनपिएलमा सहभागी हुन आउनुभएका सबै अन्तरराष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु ।

यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट सङ्घ (क्यान) लाई हार्दिक शुभकामना ।”एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु हुँदैछ । यसमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206