०१ कार्तिक २०८३, शनिबार

जलवायुजन्य विपद्को क्षतिपूर्ति माग्दै नेपालले राख्यो २० मिलियन डलरको दाबी

Logo
Pulse Khabar बिहिबार, भाद्र २५, २०८३

काठमाडौं:भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति माग गर्दै नेपालले अन्तर्राष्ट्रिय हानि तथा नोक्सानी कोषसमक्ष २० मिलियन अमेरिकी डलर अर्थात् तीन अर्ब रुपैयाँभन्दा बढी रकमको दाबी पेस गरेको छ ।

जलवायु परिवर्तनका कारण नेपालमा यस्ता विपद्का घटना बढिरहेको र त्यसबाट ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको भन्दै नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गतको फन्ड फर रेस्पोन्डिङ टू लस एन्ड ड्यामेजमा प्रारम्भिक क्षतिपूर्ति माग गरेको हो । नेपालले गत साता कोषलाई पत्र पठाउँदै २० मिलियन अमेरिकी डलरको प्रारम्भिक दाबी गरेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।पत्रकार सुधीर शर्मासँगको पडकास्ट अन्तर्वार्तामा उनले विपद्पछिको विस्तृत क्षति मूल्यांकनपछि थप विवरणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको दाबी प्रस्तुत गरिने जानकारी दिए । ‘तत्काललाई २० मिलियन डलरको दाबी गरेका छौं । यो प्रारम्भिक माग मात्र हो,’ खनालले भने, ‘विपद्पछिको क्षति मूल्यांकन गरेर विश्वसामु हाम्रो कुरा राख्नेछौं ।’नेपालका तर्फबाट पठाइएको पत्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हस्ताक्षर गरेका छन् । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने नेपालले गम्भीर रूपमा भोगिरहेको विज्ञहरूको भनाइ छ ।नेपाल हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकमध्ये निकै न्यून योगदान गर्ने देशमा पर्छ ।

त्यसैले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि क्षतिपूर्ति पाउने आधार नेपालसँग रहेको वातावरणविद्हरू बताउँछन् ।वातावरणविद्हरूका अनुसार नेपालले बाढी, पहिरो, हिमताल विस्फोटलगायत जलवायुजन्य विपद्बाट भोगेको क्षतिको विवरण अन्तर्राष्ट्रिय कोषमा प्रभावकारी रूपमा प्रस्तुत गर्न आवश्यक छ । जलवायु सन्तुलन कायम गर्न नेपालले गरेको योगदानलाई समेत क्षतिपूर्ति दाबीको आधार बनाउनुपर्ने उनीहरूको भनाइ छ ।हानि तथा नोक्सानी कोषको रकम वितरण र त्यससम्बन्धी निर्णय अन्तर्राष्ट्रिय बोर्डले गर्छ । रसुवाको बाढीबाट भएको क्षति र जलवायु परिवर्तनमा नेपालको न्यून योगदानलाई आधार मान्दा नेपालले कोषबाट सहयोग पाउनुपर्ने वातावरणविद्हरूको तर्क छ ।गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति गरेको थियो । बाढीका कारण मानवीय क्षतिसँगै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक असर परेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206