३० आश्विन २०८३, शुक्रबार

चिकित्सा शिक्षा आयोगद्वारा सिट निर्धारण

Logo
Pulse Khabar शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उक्त विश्वविद्यालयका लागि नर्सिङतर्फ २० सिट निर्धारण गरेको छ ।त्यसैगरी बैठकले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबबिबिएसतर्फको सिट सङ्ख्या बढाएर १३० पुर्‍याउने निर्णय गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ मा उल्लेखित व्यवस्था, चिकित्सा शिक्षा आयोगद्वारा स्वीकृत कार्यक्रमगत न्यूनतम/प्रत्यायन मापदण्ड, चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारणसम्बन्धी एकीकृत कार्यविधि, २०८३ र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम चिकित्सा शिक्षाको शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि सिट सङ्ख्या निर्धारण गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206