०५ साउन २०८३, मंगलबार

एम्बाप्पेको कीर्तिमानी खेल: विश्वकपको इतिहास रचे, व्यक्तिगत उपाधिमा स्पेन छायो

Logo
Pulse Khabar सोमबार, साउन ०४, २०८३

काठमाडौं: फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा लगातार दोस्रो पटक गोल्डेन बुट जित्दै नयाँ इतिहास रचेका छन् ।

विश्वकप इतिहासमा लगातार दुई संस्करणमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्ने उनी पहिलो खेलाडी बनेका हुन् ।एम्बाप्पेले प्रतियोगिताभर ८ खेलमा १० गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । फ्रान्स फाइनल पुग्न नसके पनि तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गर्दै उनले गोल संख्या १० पुर्‍याएका थिए । त्यससँगै उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।इंग्ल्यान्डविरुद्धको खेलको ४८औँ मिनेटमा पहिलो गोल गर्दै उनले मेस्सीको विश्वकप गोलको कीर्तिमान बराबरी गरेका थिए । त्यसपछि ६६औँ मिनेटमा अर्को गोल थप्दै एम्बाप्पेले विश्वकप इतिहासमा कुल २२ गोल पुर्‍याएर नयाँ रेकर्ड कायम गरे । यसअघि उनले कतारमा सन् २०२२ मा सम्पन्न विश्वकपमा ८ गोल गर्दै पहिलो पटक गोल्डेन बुट जितेका थिए ।

यता, विश्व विजेता बनेको स्पेनले व्यक्तिगत अवार्डमा पनि आफ्नो प्रभाव जमाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै स्पेनका मिडफिल्डर रोड्रिले प्रतिष्ठित ‘गोल्डेन बल’ जिते भने युवा डिफेन्डर पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भए ।स्पेनका गोलरक्षक उनाई सिमोनले प्रतियोगिताभर सात खेल खेल्दा एक गोल मात्र बेहोरेपछि उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने ‘गोल्डेन ग्लोभ्स’ अवार्ड जित्न सफल भए । उपाधिसँगै स्पेनका खेलाडीहरूले प्रमुख व्यक्तिगत अवार्डमा वर्चस्व कायम गर्दा फ्रान्सका एम्बाप्पेले भने व्यक्तिगत रूपमा अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै विश्व फुटबलमा आफ्नो नाम थप उचो बनाएका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206