१४ कार्तिक २०८३, शुक्रबार

कोशी प्रदेश सरकार निर्णय

Logo
Pulse Khabar शुक्रबार, कार्तिक १४, २०८३

विराटनगर: कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन महत्त्वपूर्ण निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बू शेर्पाका अनुसार कोशी प्रदेश सरकार कार्य विभाजन पहिलो संशोधन नियमावली-२०८३ स्वीकृत गर्ने निर्णय भएको छ ।

कोशी प्रदेश सरकारले पर्यटकीय पूर्वाधार सञ्चालन तथा हस्तान्तरणसम्बन्धी कार्यविधि-२०८३ लाई मन्त्रिपरिषद्को आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा छलफल गरी मन्त्रिपरिषद्मा पेस गर्ने र कोशी प्रदेशमा सरकारी कामकाजको भाषा ऐन-२०८३ लाई १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द को १४१औँ जन्मजयन्तीको दिन कात्तिक २५ गते लागू हुने र सो दिन प्रदेशमा भाषा दिवसको रूपमा सबै कार्यालयमा दीपावली गर्ने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206