२८ आषाढ २०८३, आइतबार

स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

Logo
Pulse Khabar आइतबार, आषाढ २८, २०८३

काठमाडौँ: स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा आज भएको खेलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले आफ्नो टोलीलाई एकएक गोलको योगदानबाट सेमिफाइनमा पुर्याएका हुन् । खेलको १०औँ मिनेटमा एलिस्टरले हेड गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७औँ मिनेटमा स्विटजरल्यान्डका डान एनडोयेले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।

खेलको ७२औँ मिनेटदेखि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयोे । ब्रेल एम्बोलोले दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बनेको हो ।खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीको समान गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । खेलको ११२औँ मिनेटमा अल्भारेलले गोल गर्दै अर्जेन्टिनाको अग्रता कायम गरे । त्यसपछिको अतिरिक्त समयमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई विजयी बनाए । अब अर्जेन्टिना फाइनल प्रवेशका लागि इङल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206