२४ आषाढ २०८३, बुधबार

महिला कबड्डी श्रृंखला: झापामा टोलीको तीव्र तयारी

Logo
Pulse Khabar मंगलबार, आषाढ २३, २०८३

काठमाडौं :नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका लागि नेपाली महिला कबड्डी टोली मंगलबार झापाको भद्रपुर प्रस्थान गरेको छ ।

शृंखला जुलाई १७ देखि २३ तारिखसम्म बंगलादेशको ढाकामा हुनेछ । खेलाडीमा मेणुका राजवंशी (कप्तान), आस्मा यादव, सिर्जनाकुमारी थारु, निशा बोहरा, गंगा घिमिरे, नानुमाया पराजुली, मनीषा जोशी, विनीता पण्डित क्षेत्री, सुस्मी राई, राधिका खडायत, उरुषा शाक्य, निर्मला भट्ट, संगीता तामाङ र पुष्पा चौधरी रहेका छन् ।टोली असार ३० गतेसम्म भद्रपुरमा बन्द प्रशिक्षणमा रहने छ । असार ३१ गते टोली भद्रपुरबाटै ढाका प्रस्थान गर्ने छ । प्रशिक्षकमा हरिना थापा, सहायक प्रशिक्षकमा बन्धु राणा, टिम व्यवस्थापकमा कृष्णदेव पन्त, अफिसियलमा पर्शुराम झा, तरुणकुमार यादव, गणेश दत्त भट्ट, जयप्रकाश राजवंशी र प्रकाशप्रसाद शाह छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले एक कार्यक्रमबीच बिदाइ गरे ।कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव मेहताले पछिल्लो समय कबड्डीले राम्रो गरिरहेकाले राखेपले कबड्डीलाई बढी प्राथमिकता दिएको बताउँदै आसन्न एसियाली खेलकुदमा कबड्डीको पुरुष /महिला दुवै टोली सहभागी हुने बताए ।अध्यक्ष थापाले राखेपबाट कबड्डीले राम्रो सहयोग पाइरहेको बताउँदै सहयोगका लागि धन्यवाद दिइन् । कबड्डी संघका महासचिव अरविन्दकुमार झाले अरू खेलाडीलाई पनि अवसर दिने उद्देश्यले अधिकांश ‘बी’ टोलीका खेलाडीलाई समावेश गरिएको बताए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206