१९ आषाढ २०८३, शुक्रबार

उत्कृष्ट लयमा स्विट्जरल्याण्ड: अल्जेरियालाई २–० ले हराउँदै अन्तिम १६ को यात्रा पक्का

Logo
Pulse Khabar शुक्रबार, आषाढ १९, २०८३

काठमाडौं : फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्विट्जरल्यान्डले प्रभावशाली प्रदर्शन गर्दै अल्जेरियामाथि २–० को सहज जित निकालेको छ ।

भ्यानकुभरमा सम्पन्न खेलमा सुरुदेखि नै आक्रामक देखिएको स्विट्जरल्यान्डले दुवै हाफमा एक–एक गोल गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । स्विट्जरल्यान्डले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो ।ब्रेल एम्बोलोले गरेको उत्कृष्ट गोलसँगै टोलीले सुरुआती दबाबलाई नतिजामा बदल्यो । त्यसपछि अल्जेरियाले खेलमा फर्कने अवसर सिर्जना गरे पनि दुई महत्वपूर्ण मौका खेर फालेपछि बराबरी गर्ने अवसर गुमायो ।पहिलो हाफ १–० को अग्रतासहित समाप्त गरेको स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु भएको केही क्षणमै आफ्नो पकड अझ बलियो बनायो । खेलको ४६औँ मिनेटमा डान एन्डोएले दोस्रो गोल गर्दै टोलीलाई २–० को आरामदायी अवस्थामा पुर्‍याए ।

दोस्रो हाफमा अल्जेरियाले आक्रमणको गति बढाउने प्रयास गरेको थियो । केही अवसर सिर्जना भए पनि स्विट्जरल्यान्डको सुदृढ रक्षापंक्ति र गोलरक्षकलाई चुनौती दिन सफल हुन सकेन । निर्धारित समयभर थप गोल नहुँदा स्विट्जरल्यान्डले २–० को जित सुनिश्चित गर्‍यो ।यस नतिजासँगै अल्जेरियाको विश्वकप यात्रा नकआउट चरणमै समाप्त भएको छ । उत्कृष्ट लयमा रहेको स्विट्जरल्यान्डले भने अब राउन्ड अफ १६ मा कोलम्बिया र घानाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206