१८ आषाढ २०८३, बिहिबार

बोस्नियामाथि अमेरिकाको जित, विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित

Logo
Pulse Khabar बिहिबार, आषाढ १८, २०८३

काठमाण्डौ:फिफा विश्वकप २०२६ को आयोजक राष्ट्र अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै प्रि -क्वाटरफाइनल मा स्थान सुरक्षित गरेको छ।

आज बिहान सम्पन्न खेलमा अमेरिकाका फोलारिन बलोगुनले ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसअघि उनले ३१औँ मिनेटमा गरेको गोल अफसाइड ठहरिएपछि मान्यता पाएको थिएन ।खेलको ६४औँ मिनेटमा गोलकर्ता बलोगुनले रातो कार्ड पाएपछि मैदानबाट बाहिरिनुपरेको थियो। त्यससँगै अमेरिका बाँकी समय १० खेलाडीमा सीमित भएर खेलेको थियो।

यस्तै ७९(उनासी)औँ मिनेटमा क्रिस्टियन पुलिसिकले बल पोस्टमा छिराए पनि अफसाइडका कारण गोलले मान्यता पाएन । त्यसपछि ८१औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाएका थिए । १० खेलाडीमा रहेर पनि अमेरिका २–० को जीत निकाल्न सफल भयो।अब अमेरिकाले प्रि–क्वाटरफाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । बेल्जियमले गएराति सेनेगलसँगको खेलमा पुनरागमन जीत निकाल्दै अन्तिम १६ मा स्थान बनाएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206