१७ आषाढ २०८३, बुधबार

विद्यार्थीलाई राहत: परीक्षा सकिएको सातौँ दिनमै परीक्षाफल प्रकाशित

Logo
Pulse Khabar बुधबार, आषाढ १७, २०८३

बागमती: बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ ।

विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरुप परीक्षा सम्पन्न भएको सातौँ दिनमा आज तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज)का अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिनुुभयो । विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी)का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको उहाँले बताउनुभयो ।

प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानुन सङ्काय (म्यानेजमेन्ट एन्ड ल)मा ७२.५८( बहत्तर दशमलव पाँच आठ ) प्रतिशत, विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) सङ्कायमा ७९.०३(उनासी दशमलव शून्य तीन) प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा ८९.४४(उनान्नब्बे दशमलव चार चार) प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206