०३ कार्तिक २०८३, सोमबार

कात्तिक २ गते नवौँ दिन : दुई दिन महाअष्टमीको पूजा गर्नुपर्ने

Logo
Pulse Khabar सोमबार, कार्तिक ०३, २०८३

काठमाडौँ :यस वर्ष तिथि वृद्धि भई अष्टमी दुई दिन परेकाले कात्तिक १ र २ गते दुवै दिन महाअष्टमीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिबाट स्वीकृत पात्रोअनुसार दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको पूजा तथा महाअष्टमीका अन्य कर्म कात्तिक २ गते पनि दोहोर्‍याउनुपर्नेछ।कात्तिक २ गते नवौँ दिन भए पनि महागौरीको पूजा र अष्टमीका अन्य कर्म गर्नुपर्नेछ। कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने समितिले जनाएको छ।

अष्टमी दुई दिन परेकाले यस वर्ष नवरात्र दशरात्र बनेको छ भने विजयादशमीमा १० रात्रिका जमरा लगाइनेछ।हनुमानढोका दरबारको दसैँघरमा आइतबार सामान्य पूजा गरिएको र मूल पूजा सोमबार गरिने जनाइएको छ। महाअष्टमीको राति १०८ पशु बलिसहित पूजा गर्ने परम्परा पनि रहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206