१७ आषाढ २०८३, बुधबार

मेक्सिकोको सनसनीपूर्ण जित : इक्वेडरलाई २-० ले हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

Logo
Pulse Khabar बुधबार, आषाढ १७, २०८३

काठमाडौँ:  इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ ।

मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–० गोलअन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक÷एक गोल गरे ।खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै मेक्सिकोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३१औँ मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल मेक्सिको पक्षमा रह्यो ।

मेक्सिकाले यसअघि भएको समूह चरणको खेलमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो । यस हारसँगै इक्वेडर भने विश्वकपबाट बाहिरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206