१५ आषाढ २०८३, सोमबार

तरकारीको गाडीमा तस्करी: आलुको बोरामुनि लुकाएको ७७५ केजी गाँजा भेडेटारबाट बरामद

Logo
Pulse Khabar सोमबार, आषाढ १५, २०८३

धनकुटा :कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रकमा लुकाई छिपाइ लैजाँदै गरिएको ७७५ किलो गाँजासहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले नियमित जाँचका क्रममा को १ ख ४६३५ नम्बरको मिनी ट्रकलाई रोकेर खानतलासी गरेको थियो । त्यस क्रममा ट्रकको डालाभित्र आलुको बोराले छोपेर लुकाइएको अवस्थामा कालो प्लास्टिकले बेरिएका गाँजाका प्याकेटहरू फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ट्रक चालक ३३ वर्षीय परीक्षण कुँवर रहेका छन् । धनकुटाको पाख्रीबास नगरपालिका–१ घर भएका कुँवर हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१, आँपगाछीमा बस्दै आएका थिए ।बरामद गरिएको गाँजा, ट्रक र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटाले थप कानुनी प्रक्रिया अगाडि बढाएको छ। उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ पुर्‍याउन लागिएको हो भन्नेबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206