काठमाण्डौ : फिफा विश्वकप फुटबलमा आज समूह ‘जे’ का दुई खेल सकिएसँगै नकआउट चरणमा पुग्ने सबै ३२ वटै टोलीको टुङ्गो लागेको छ ।
राउन्ड अफ–३२ को समीकरण पूरा भएको हो । पहिलो पटक ४८ देश सहभागी यो प्रतियोगितामा दुई पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलो पटक विश्वकप खेलेको केप भर्डे अन्तिम ३२ मा पुग्न सफल भयो । नकआउट चरणको पहिलो खेलमा आज मध्यराति पौने १ बजे दक्षिण अफ्रिका र क्यानडाले खेल्दैछन् ।
नकआउट चरणको खेल तालिका

