काठमाण्डौ: आज पूर्वका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।
दिउँसो कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ ।आज दिउँसो देशभर मौसम साधारणतया बदली रहने छ । गए राति पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा पानी परेको थियो । आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला र पूर्वी राप्ती तथा पश्चिम राप्तीको बहाव सतर्कता तहभन्दा तलै छ ।बाढी पूर्वानुमान महाशाखाको बाढी सूचना अनुसार भोलि र पर्सि कोशी, बागमती, गण्डकी, मधेश र सुदूरपश्चिमका साना नदीमा बहाव आकस्मिक बढ्न सक्छ । पर्सि मंगलबारसम्म मनसुन देशभर फैलिने सम्भावना छ ।
तस्वीर : बाढी पूर्वानुमान महाशाखा

