काठमाडौं :फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ का खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी गरेका छन् ।
आइतबार बिहान मियामी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् ।इन्जुरी समयमा कोलम्बियाका डाभिन्सन सान्जेजले जुआन फर्नान्डो क्विन्टेरोको क्रसलाई हेडमार्फत जाली चुमाए पनि भीएआर जाँचपछि गोल अफसाइडका कारण रद्द गरिएको थियो । त्यसपछि दुवै तर्फबाट गाेल हुन सकेन् र खेल बराबरीमै समाप्त भयो । बराबरीका बाबजुद दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन् ।
