१३ आषाढ २०८३, शनिबार

विश्वकप फुटबल: इराकमाथि सेनेगलको ५–० को शानदार जित

Logo
Pulse Khabar शनिबार, आषाढ १३, २०८३

काठमाण्डौ :फिफा विश्वकप फुटबलमा सेनेगलले इराकलाई ५ गोलको फराकिलो अन्तरले हराएको छ ।

यो जितसँगै समूह ‘आई’ मा ३ खेलबाट ३ अङ्क जोडेको सेनेगल तेस्रो स्थानमा छ । यो समूहबाट फ्रान्स र नर्वे नकआउट चरणमा पुगिसकेका छन् । गोल अन्तर सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट ८ टोलीमध्ये एक बन्ने सम्भावना छ । यसका लागि अरू नतिजामा भर पर्नेछ । सेनेगलका पापे गइएले दुई तथा हबिब डियरा, इस्माइला सार र इलिमान एनडिएले समान एक/एक गोल गरे । सेनेगल विश्वकप फुटबलमा एकै खेलमा ५ गोल गर्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ । विश्वकप फुटबलमा अहिले समूह ‘एच’ का २ वटा खेल भइरहेका छन् । अमेरिकाको हस्टन रङ्गशालामा नवप्रवेशी केब भर्डे र साउदी अरब तथा मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा उरुग्वे र स्पेनले खेलिरहेका छन् ।

तालिकामा स्पेन ४ अङ्कसहित शीर्ष, समान २ अङ्कसहित उरुग्वे दोस्रो तथा केब भर्डे तेस्रो र १ अङ्कसहित साउदी अरब पुछारमा छ । त्यस्तै अहिले बिहान पौने ९(नौ ) बजे समूह ‘जी’ का २ वा खेल हुँदैछन् ।क्यानडाको बीसी प्लेस भ्यानकुभरमा न्युजिल्यान्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रङ्गशालामा इजिप्ट र इरान खेल्दैछन् । तालिकामा इजिप्ट ४ अङ्कसहित शीर्ष, समान २ अङ्कसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा १ अङ्कसहित न्युजिल्यान्ड पुछारमा छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206