०१ साउन २०८३, शुक्रबार

एकातिर वर्षा र चट्याङ, अर्कोतिर तातो लहर : देशभर मिश्रित मौसमको पूर्वानुमान

Logo
Pulse Khabar बिहिबार, आषाढ ११, २०८३

काठमाडौं :देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि सक्रिय रहँदा आज (बिहीबार) पनि वर्षा, चट्याङ र तातो लहरको मिश्रित प्रभाव पर्न सक्ने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका अधिकांश भू–भाग तथा गण्डकी प्रदेशका केही क्षेत्र र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायु सक्रिय छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।हाल देशका हिमाली र पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।बिहीबार दिउँसो देशका हिमाली र पहाडी भू–भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहने सम्भावना छ । मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।महाशाखाका अनुसार हिमाली र पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।वर्षासँगै तातो मौसमको प्रभाव पनि कायम रहने देखिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्न सक्ने सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा तातो दिन रहने महाशाखाले जनाएको छ ।राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहने सम्भावना छ । मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।रातको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । कोशी प्रदेशको तराईका केही स्थान र मधेश प्रदेशको तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने प्रक्षेपण छ ।मौसमविद्ले वर्षा हुने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन तथा तातो लहरको प्रभाव देखिन सक्ने तराईका जिल्लामा अत्यधिक गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206