काठमाण्डौ: चितवनको जिल्ला प्रशासन कार्यालयले भरतपुरमा रहेको लर्ड्स प्लाजा होटललाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गरेको कारण जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत मदन लामा थिङले जानकारी दिनुभयो । उहाँका अनुसार होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका खाद्यवस्तु बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि भरतपुर पुगेका गृहमन्त्री सुधन गुरुङ त्यही होटलमा बस्नुभएको थियो । होटलमा खाजा खाने क्रममा उहाँले मगाएको अम्लेटमा माछाको हड्डी भेटिएपछि प्रशासनलाई जानकारी गराउनुभएको थियो ।
