१० आषाढ २०८३, बुधबार

विश्वकपमा इंग्ल्यान्ड र घानाबीचको रोमान्चक खेल बराबरीमा टुङ्गियो

Logo
Pulse Khabar बुधबार, आषाढ १०, २०८३

काठमाडौं :फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा घानासँग इंग्ल्यान्ड गोलरहित बराबरीमा राेकिएकाे छ अमेरिकाको बोस्टो स्टेडियममा बुधबार बिहान भएको खेलमा इंग्ल्यान्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा राेकिएकाे हाे ।

पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो । जारी विश्वकपमा यसअघि स्पेन र केप भर्डे तथा बेल्जियम र इरानबीचको खेलपनि गोलरहित बराबरीमा सकिएको थियो ।कप्तान ह्यारी केनसहित बुकायोसाका, एबेरेची एजे, मार्कुस साशफोर्ड जस्ता फरवार्ड रेको इंग्लिस टोलीको फिनिसिङ भने चुस्त हुन सकेन । केनले पहिलो खेलमा क्रोएसिया विरुद्ध दुई गोल गरेका थिए ।बराबरीपछि इंग्ल्यान्ड र घाना दुवैले ४-४ अंक जोडेको छ । गोल अन्तरका आधारमा इंग्ल्यान्ड अघि छ । दुवैको नकआउट चरणमा पुग्ने सम्भावना बलियो छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206