विराटनगरमा निर्माणाधीन अवस्थामा रहेको बहुप्रतिष्ठित भाट–भटेनी सुपर मार्केट आउँदो असार मसान्तभित्र सञ्चालनमा ल्याउने तीव्र तयारी भइरहेको छ।
२०८२ भाद्र २४ गते जेन्जी युवा पुस्ताको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट आंशिक क्षति बेहोरेको विराटनगरस्थित भाट–भटेनी सुपर मार्केटले नयाँ जीवन पाउने भएको छ। उत्कृष्ट ग्राहक अनुभव र आधुनिक सपिङ गन्तव्यको रूपमा परिचित यो प्रख्यात सुपर मार्केट अहिले पूर्ण रूपमा नयाँ निर्माण शैलीमा रूपान्तरण भइरहेको छ।भाट–भटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले आगामी असार मसान्तभित्र विराटनगर शाखा सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको छ । निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाउँदै तोकिएको समयसीमा भित्रै बजार सञ्चालनमा ल्याउन हाल ३ सय जना मजदुरहरूले निरन्तर काम गरिरहेको जानकारी अध्यक्ष गुरुङले दिनुभयो ।
सुरुमा १ सयदेखि १ सय ५० जना मजदुरले काम गरिरहेकोमा असार १ गतेदेखि ३ सय जना मजदुरले काम गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिएका छन्।३ सय जना मजदुरले डे र नाइट गरी दुई सिफ्टमा काम गरिरहेकोले असार मसान्त भित्र भाट–भटेनी सुपर मार्केट सञ्चालनमा आउनेमा आफू आशावादी रहेको अध्यक्ष गुरुङले बताए ।निर्माण कार्यलाई अन्तिम रूप दिन अहिले दैनिक ३ सय जना मजदुरले दिन र रात (डे–नाइट) गरी दुई सिफ्टमा निरन्तर काम गरिरहेका हुनाले असार मसान्त भित्र भाट–भटेनी सुपर मार्केट सञ्चालनमा आउनेमा आफू पूर्ण रूपमा आशावादी रहेको अध्यक्ष मीनबहादुर गुरुङले बताए .।
