२० मंसिर २०८२, शनिबार

एक रनले सकियो नेपालको सुपर ८ को यात्रा

Logo
Pulse Khabar शनिबार, आषाढ ०१, २०८१

विराटनगर । टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ। जितको निकै नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार्न वाध्य भएको हो।

टस हारेर दक्षिण अफ्रिकाले ११६ रनको लक्ष्य दिएको थियो। जवाफि ब्याटिङमा उत्रिएको नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ४९ बलमा १ छक्का र ४ चौका प्रहार गरे।

यसैगरी अनिल शाहले २४ बलमा २७ रनको योगदान गरे। शाहले १ छक्का र ३ चौका प्रहार गरे।  कुशल भुर्तेलले २१ बलमा १ छक्का र १ चौकासहित १३ रन बनाए। त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ६ रन, कुशल मल्लले १ रनको योगदान गरे। सोमपाल कामीले ८ रन र गुलशान झाले ६ रन बनाए। कप्तान रोहित पौडेल शून्य रनमा आउट भए। दक्षिण अफ्रिकाका लागि तबरेज शम्सी सर्वाधिक ४ विकेट,एडेन मार्कराम र अनरिच नोर्जेले १/१ विकेट लिए।

नेपालका कप्तान पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। नेपालविरुद्ध टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

यस अगाडि दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्स सर्वाधिक ४३ रन बनाए। त्यसैगरी ट्रिस्टन स्टब्स २७ रन, एडेन मार्करामले १५ रन, क्विन्टन डे ककले १० रन, डेभिड मिलरले ७ रन, हेनरिक क्लासेनले ३ रन, मार्को जेन्सेनले १ रनको योगदान गरे। कागिसो रबाडा शून्य रनमा आउट भए।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। दक्षिण अफ्रिकासामु नेपालका स्पिनरहरुले कसिलो बलिङ गरेका थिए।

नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि सोमबार हुने बंगलादेशविरुद्धको खेल पनि जित्नैपर्ने दबाब छ। दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206