०९ आषाढ २०८३, मंगलबार

फेदाप गाउँपालिकालाई ९२(बयान्नब्बे)हल बहरगोरु वितरण

Logo
Pulse Khabar मंगलबार, आषाढ ०९, २०८३

झापा: यहाँस्थित गोलोक गोवर्धन गौशालाले तेह्रथुमको फेदाप गाउँपालिकालाई त्यहाँ खेती गर्न ९२(बयान्नब्बे) हल बहरगोरु सहयोग गरेको छ ।

गाईबस्तु पाल्ने चलन यहाँ कम हुँदै गएकाले गोरुको अभाव हुँदै गएको छ । गौशाला सञ्चालक समितिका संस्थापक अध्यक्ष नन्दकिशोर भारद्वाजले भेटनरी चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा अन्य प्रक्रिया पूरा गरी बहरगोरु तेह्रथुम पठाइएको जानकारी दिनुभयो । फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले गोरु अभावका कारण खेती गर्न कठिनाइ व्यहोरिरहेका विपन्न किसान परिवारलाई उच्च प्राथमिकता दिएर बहरगोरु निःशुल्क रुपमा वितरण गरिएको बताउनुभयो । भिरालो भूवनोटका कारण पहाडमा खेतजोत्न ठूला यान्त्रिक उपकरण प्रयोग गर्न कठिनाइ हुने भएकाले गोरुकै प्रयोग गर्नु बाध्यता छ ।

गौशालाका व्यवस्थापकीय प्रमुख विनोद न्यौपानेले विभिन्न जिल्लाका विपन्न किसानलाई सात हजारभन्दा बढी गाई र गोरु निःशुल्क वितरण गरिसकेको जानकारी दिनुभयो । हुर्किएका बहरगोरुलाई संस्थाले बिक्री नगर्ने र विपन्न परिवारलाई निःशुल्क वितरण गर्ने नीति लिएको छ । एघार वर्षअघि स्थापना भएको उक्त गौशालामा हाल दुई हजार ७९९ वटा गाईको संरक्षण भइरहेको छ । छाडा छाडिएका गाईहरु गौशालाले उद्धार गरेर पाल्ने गरेको छ

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206