०९ आषाढ २०८३, मंगलबार

खोजमूलक समाचारमा जोड: शिक्षा पत्रकारका लागि क्षमता वृद्धि तालिम

Logo
Pulse Khabar सोमबार, आषाढ ०८, २०८३

काठमाडौँ: विज्ञ तथा सरोकारवालाले गुणस्तरीय शिक्षा सुनिश्चिता तथा शैक्षिक विसङ्गतिको अन्त्यका लागि खोजमूलक समाचारमा ध्यान दिन जोड दिनुभएको छ ।

शिक्षा पत्रकारका लागि आयोजित क्षमता वृद्धि तालिममा शैक्षिक सवालमा घटना प्रधान मात्र नभई गहन समाचार लेखनमा जोड दिइएको हो । शिक्षा पत्रकार समूह र शिक्षा नीति तथा अभ्यास केन्द्रले आज आयोजना गरेको क्षमता वृद्धि तालिमका क्रममा वरिष्ठ पत्रकार एवं ‘शिक्षक’ मासिकका सम्पादक राजेन्द्र दाहालले शिक्षा पत्रकारले कक्षा कोठा, पाठ्यपुस्तक र पाठ्यक्रमभित्रका अन्तरकुन्तर उभिनेर मुद्दा स्थापित गर्न सक्नुपर्ने बताउनुभयो । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहनुभएका दाहालले कुनै परीक्षाको नतिजा कति प्रतिशतले घट्यो वा बढ्यो भन्नेभन्दा पनि के कारणले त्यस्तो भयो भन्नेतर्फ केन्द्रित हुन सुझाउनुभयो ।शिक्षा विश्लेषक टीका भट्टराईले शिक्षाको सारभूत अर्थ बुझेर विश्वस्तरमा सक्षम नागरिक उत्पादन उत्पादनमा विषयवस्तुमा अनुसन्धानमूलक पत्रकारिता हुन सकेमा शिक्षाको सुधारमा टेवा पुग्ने बताउनुभयो ।

उहाँले शिक्षाको अर्थ सिक्नु, केही गर्नु र आत्मज्ञान हुनु मात्र नभई सहअस्तित्व र मानवीयताको विकास पनि भएकाले त्यस पक्षलाई मनन् गरेर विषकेन्द्रित पत्रकारिता आवश्यक छ भन्नुभयो ।समूहका अध्यक्ष निर्जला कक्षपतिले शिक्षा पत्रकारको क्षमता वृद्धि र सम्पर्क सञ्जाल विस्तारमा आफूहरुले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा समूहका पूर्वअध्यक्षहरु सुदर्शन घिमिरे, प्रकाश सिलवाल, तुला अधिकारी, विश्लेषक अनुप सुवेदीलगायतले शिक्षा विकास र पत्रकारिताका अशल अभ्यासबारे अनुभव आदानप्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206