०८ आषाढ २०८३, सोमबार

कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद, ट्युबमा बाँधेर लुकाइएको अवस्थामा फेला

Logo
Pulse Khabar सोमबार, आषाढ ०८, २०८३

इनरुवा: सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी नदी किनारबाट प्रहरीले सोमबार बिहानका राति ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले बिहान करिब ३ः१० बजेतिर गाँजा फेला पारेको थियो । सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सप्तकोशी नदी किनारमा ट्युबमाथि बाँधिएको बाँसमा राखिएको अवस्थामा प्लास्टिकका नौवटा बोराभित्र गाँजा फेला परेको हो । बरामद गरिएको गाँजा १६८ किलोग्राम रहेको उनले बताए ।

बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगिएको छ । गाँजा कसले र कहाँ लैजान लागेको हो भन्ने बारेमा यकिन भइसकेको छैन । प्रहरीका अनुसार गाँजा ओसारपसारमा संलग्नको खोजी तीव्र बनाएर थप अनुसन्धान अघि बढाइएको छ ।सप्तकोशी नदी हुँदै लामो समयदेखि गाँजाको ओसारपसार भइरहेको छ । त्यसलाई मध्यनजर गर्दै निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206