जनकपुरधाम: गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ ।
मधेस प्रदेश कृषि निर्देशनालय नक्टाझिज धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ । अघिल्लो वर्ष मधेस प्रदेशमा एक लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.३७ मेट्रिक टनका दरले सात लाख ३१ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष सबैभन्दा बढी धनुषामा ३३ हजार ५०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २.९४(दुई दशमलव नौ चार) मेट्रिक टनका दरले ९८(अन्ठान्नब्बे) हजार ४९०( चार सय नब्बे) मेट्रिक टन गहुँ उत्पादन भएको मधेस प्रदेश कृषि निर्देशनालयका बागबानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो ।
बागबानी विकास अधिकृत विश्वकर्माका अनुसार रौतहटमा १७ हजार २९२(दुई सय बयानब्बे) हेक्टरमा प्रतिहेक्टर ३.०५ मेट्रिक टनका दरले ५२ हजार ७४१ मेट्रिक टन, सर्लाहीमा २७ हजार ४०० हेक्टरमा प्रतिहेक्टर २.५४ मेट्रिक टनका दरले ६९(उनन्सत्तरी ) हजार ५९६(पाँच सय छ्यानब्बे )मेट्रिक टन र महोत्तरीमा २७ हजार हेक्टरमा प्रतिहेक्टर २.६ मेट्रिक टनका दरले ७२ हजार ८०० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।त्यसैगरी सप्तरीमा २९( हजार ४०० हेक्टरमा प्रतिहेक्टर २.८ मेट्रिक टनका दरले ८२ हजार ३२० मेट्रिक टन, बारामा २९(उनन्तिस) हजार हेक्टरमा प्रतिहेक्टर २.४८ मेट्रिक टनका दरले ७१ हजार ९२०(नौ सय बिस ) मेट्रिक टन, पर्सामा २३ हजार २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २.६ मेट्रिक टनका दरले ५९(उनसट्ठी) हजार ८५२ मेट्रिक टन र सिरहामा १४ हजार १७६.४८ हेक्टरमा प्रतिहेक्टर २.५१ मेट्रिक टनका दरले ३५ हजार ४४१ मेट्रिक टन गहुँ उत्पादन भएको अधिकृत विश्वकर्माले बताउनुभयो ।प्रतिकूल मौसम, रोग कीराको प्रकोप र सिँचाइ तथा गुणस्तरीय बीउबिजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको मधेस प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो ।
