३१ आषाढ २०८२, मंगलबार

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा दौड प्रतियोगिता

Logo
Pulse Khabar शुक्रबार, माघ २६, २०८०

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको आठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला फाउण्डेशनले दौड प्रतियोगिता आयोजना गरेको छ ।

सुशील कोइराला फाउण्डेशन विराटनगर र प्रदेश खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा पुरुषतर्फ अमर यादव प्रथम, याङ्देव राई द्वितीय र सुमित मेहता तृतीय भएका छन् ।
त्यस्तै महिलातर्फ अंशु मण्डल प्रथम, तुलसा खतिवडा द्वितीय र रोशनी साहले तृतीय स्थान प्राप्त गरे । विराटनगरस्थित जनआन्दोलन चोकदेखि बरगाछीसम्म आयोजित दौड प्रतियोगिताका विजेताहरूलाई मेयर नागेश कोइराला र प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेले पुरस्कार र प्रमाणपत्र प्रदान गरे थिए । प्रतियोगितामा ४० जना खेलाडी सहभागी भएको कार्यक्रम संयोजक प्रकाश दाहालले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: news@pulsekhabar.com

pulsekhabar7@gmail.com

बिज्ञापनको लागी:

9862006206