०३ कार्तिक २०८३, सोमबार

तिलिचो भक्ति यात्रा सम्पन्न

Logo
Pulse Khabar आइतबार, आषाढ ०७, २०८३

मुस्ताङ:  तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा, २०८३ सम्पन्न भएको छ ।

श्री १००८ स्वामी ऋषि प्रपन्नचार्यको सङ्कल्पमा आयोजना गरिएका यात्रा आज सकिएको हो । विभिन्न स्थानबाट सहभागी भक्ति यात्रामा सहभागी भक्तजनहरुले मुस्ताङको जोमसोम, ठिनी हुँदै तिलिचो तालको भक्ति यात्रा तय गरेको थियो । मुस्ताङ हुँदै तिलिचो पदमार्गमा पर्ने प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली क्षेत्रको अवलोकन गर्दै भक्ति यात्रा टोली धार्मिक तथा सांंस्कृतिक गतिविधिमा सहभागी भएका थिए ।प्रपन्नाचार्यसहित सहभागीहरु भक्ति यात्रा टोलीले तिलिचो तालमा वाल्मीकीय रामायण पाठपरायण तीर्थ पूजा आराधना, भजन कीर्तन तथा सत्सङ्ग कार्यक्रम सञ्चालन गरेका यात्रामा सहभागी गुरु ईश्वर रेग्मीले जानकारी दिनुभयो । भक्तजनहरुबीचको धार्मिक आस्था, आपसी सद्भाव तथा आध्यामिक चेतनाको विकास गर्न भक्ति यात्राले महत्वपूर्ण योगदान पुर्‍याएको गुरु रेग्मीले उल्लेख गर्नुभयो ।

यसअघि तिलिचो भक्ति यात्राका लागि मुस्ताङ आएको टोली मुस्ताङको घरपझोङ गाउँपालिका यात्रासम्बन्धी अन्तरक्रिया गरेको थियो । टोलीले तिलिचो भक्ति यात्रा पूरा गरेसँगै व्यवस्थापनका लागि सहयोग पुर्‍याएको प्रतिघरपझोङ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायलगायत सरोकारवाला निकायलाई धन्यवाद व्यक्त गरेको छ ।यात्रा टोलीले यसप्रकारको धार्मिक तथा आध्यात्मिक यात्रा आगामी वर्षहरुमा पनि निरन्तरता दिँदै जाने उल्लेख गरेको छ । यात्राका लागि तिलिचो पुगेको भक्तजनसहितको टोलीले सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो । पौराणिककालमा काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरेर कागबेनी धाममा स्नान गरेको जनविश्वास छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206