०७ आषाढ २०८३, आइतबार

बिर्तामोडमा चट्याङबाट बीवाईडी सर्भिस सेन्टर र चार्जिङ स्टेसन ध्वस्त: ६० लाखको क्षति

Logo
Pulse Khabar आइतबार, आषाढ ०७, २०८३

झापा :झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम स्टेण्डमा रहेको बीवाईडी गाडीको आधिकारिक सर्भिस सेन्टर चट्याङपछि लागेको आगोले जलेर ध्वस्त भएको छ ।

विकाश बस्नेतले सञ्चालन गरेको टिन प्रयोग गरी ट्रस लगाएर बनाइएको ईभी सर्भिस सेन्टरमा वर्षासँगै परेको चट्याङका कारण आइतबार बिहान ४ः४० बजेति अचानक आगलागी भएको थियो । आगलागीबाट सेन्टर पूर्णरूपमा जलेर नष्ट भएको छ । करिब ६० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।घटनामा कुनै मानवीय वा चौपाया क्षति भने हुन पाएन । स्थानीय, बिर्तामोड नगरपालिकाको दमकल र नेपाल प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । आगो पूर्णरूपले नियन्त्रणमा लिन करिब १ घण्टा लागेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206