०३ कार्तिक २०८३, सोमबार

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

Logo
Pulse Khabar सोमबार, कार्तिक ०३, २०८३

सुनसरी: दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।इलाका प्रहरी कार्यालय दुहबी र सिआरभी दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा ना ४ च ६०६३ नम्बरको एम्बुलेन्सजाँच तथा खानतलासी गर्दा एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान भइरहेको छ भने एम्बुलेन्स छाडेर भागेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206