०५ आषाढ २०८३, शुक्रबार

ब्रेकिङ: कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

Logo
Pulse Khabar शुक्रबार, आषाढ ०५, २०८३

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरेपछि सार्वजनिक गरिएको हो ।बोर्डका अनुसार यस वर्षको कक्षा १२ परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ६४ दशमलव १३ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा कुल ४ लाख १८ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको परीक्षामा देशभरका ५ हजार ३३९ विद्यालयका विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा तथा अन्य २९०(दुई सय नब्बे )जना परीक्षार्थी रहेका थिए ।राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा देशभर १ हजार ४२० केन्द्र र जापानमा रहेको १ केन्द्र गरी कुल १ हजार ४२१ परीक्षा केन्द्रबाट सञ्चालन गरिएको थियो ।

परीक्षाको मर्यादा विपरीत गतिविधिमा संलग्न भएको पाइएपछि ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।परीक्षा रद्द हुनेमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना परीक्षार्थी रहेका छन् । यस वर्षको नतिजाले करिब दुईतिहाइ विद्यार्थीले सफलता हासिल गरेको देखाएको छ । बोर्डले नतिजासम्बन्धी विस्तृत विवरण आफ्नो आधिकारिक माध्यममार्फत उपलब्ध गराएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206