०४ आषाढ २०८३, बिहिबार

चालकको लापरबाहीले झापामा बढ्यो दुर्घटनाको जोखिम, ग्राफ निरन्तर उकालो

Logo
Pulse Khabar बिहिबार, आषाढ ०४, २०८३

भद्रपुर (झापा): जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापर्वाही नै मुख्य कारक रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सडक र सवारी साधनको चुस्तताभन्दा चालकको व्यवहारका कारण जिल्लाभर सडक दुर्घटनाको ग्राफ उकालो लागेको हो ।प्रहरीको जेठ महिनाको मासिक प्रगति प्रतिवेदनअनुसार समीक्षा अवधिमा जिल्लाभर कूल १७४ वटा सडक दुर्घटना भएका छन् । जसमध्य १५४ वटा दुर्घटना चालककै चरम लापर्वाहीका कारण भएको देखिएको छ । यसको तुलनामा सडकको दूरावस्थाका कारण पाँच वटा र सवारीसाधनको यान्त्रिक गडबडीका कारण तीन वटा मात्रै दुर्घटना भएका छन् । यसबाहेक यात्रुको गल्तीका कारण आठ वटा, छाडा चौपायाको कारण एउटा र तीन वटा अन्य कारण सवारी दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो । यसले सडक र प्रविधिभन्दा मानवीय त्रुटि निकै उच्च रहेको पुष्टि गर्छ ।

यस अवधिमा भएका सवारी दुर्घटनाहरूमा परी आठ जनाले ज्यान गुमाएका छन् भने २८६ जना घाइते भएको प्रहरीले जनाएको छ । सडक सुरक्षालाई मध्यनजर गर्दै झापा प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा गरेको सवारी जाँच अभियानअन्तर्गत नियमविपरीत चलेका दुई हजार ७३३ वटा सवारीसाधनलाई कारबाही गर्दा रु २८ लाख ३३ हजार ९१(एकाब्बे )राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206