०३ कार्तिक २०८३, सोमबार

किन घटे मुस्ताङ आउने पर्यटक ?

Logo
Pulse Khabar सोमबार, कार्तिक ०३, २०८३

मुस्ताङ: गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक लाख १८ हजार ६८५ जना पर्यटक आएकामा यस वर्ष ४१ दशमलव ५२ प्रतिशतले घटेर ६९ हजार ४०३ जना पुगेका छन् ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार चालु वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोज महिनामा १८ हजार ६०१ जना मात्रै स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ आएका छन् । जबकी गतवर्षको साउनमा १९ हजार, भदौमा २३ हजार २०५ र असोज महिनामा ७५ हजार ५९९ जना पर्यटक मुस्ताङ आएका थिए । गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, असोजको ११ गतेको भारी वर्षाका कारण राष्ट्रिय गोरवको (बेनी—जोमसोम) सडकमार्ग दुई साता बढी पूर्ण रुपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन संख्या घटेका हुन् ।

गत असोजको दोस्रो र तेस्रो साता सडक पूर्ण रुपमा अवरुद्ध हुँदा आशिंक पयटक मात्रै पोखरा—जोमसोम हवाई मार्ग हुुँदै मुस्ताङ आएका उहाँले बताउनुभयो । यसअघि भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले (बेनी—जोमसोम) सडकको दर्जनौ स्थानमा सडक क्षतिग्रस्त भएको थियो । कोरला सडक आयोजनाले बेनी—जोमसोम सडक मर्मत सुधार गरी सडक सञ्चालनमा ल्याइएको पनि हाल उक्त सडक अझै पूर्ण रुपमा सहज भइसकेको छैन । प्राकृतिक विपत्तिका कारण पर्यटकको संख्यामा सुधार हुन नसकेको मुक्तिनाथ होटल एशोसियनका अध्यक्ष सुरज गुरुङले बताउनुभयो । प्रत्येक वर्ष असोज र कात्तिकमा उल्लेख्य पर्यटकको चहलपहल हुने मुस्ताङमा यसपटक सुनसान जस्तै रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206