काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।
जसले गर्दा आज देशका केही स्थानमा वर्षा हुँदा केही भूभागमा गर्मी बढ्ने सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।केही भूभागमा मध्यमसम्म वर्षाको हुँदा केही स्थानमा गर्मीकाे पूर्वानुमान भएकाे हाे ।विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी र मधेस प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी र मधेस प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना छ ।लुम्बिनी र सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा गर्मी बढ्नेछ ।विभागले राति कोशी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
