०४ आषाढ २०८३, बिहिबार

‘एल–निनो’ सक्रिय बन्दा मनसुन सुस्त: देशभर खडेरीको जोखिम र चिन्ता थपियो

Logo
Pulse Khabar बुधबार, आषाढ ०३, २०८३

काठमाण्डाै: नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति पार भएको चार दिन बितिसक्दा पनि मनसुन भित्रिएको छैन ।

एक हप्ताअघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसुन अझै अघि बढ्न नसकेको मौसमविद्हरूले बताएका छन् ।त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा. विनोद पोखरेलका अनुसार एक हप्तादेखि मनसुन जहाँको तहीँ स्थिर छ ।जुन १३ तारिख मनसुन भित्रिने औसत मिति भए पनि १० दिनसम्मको अघिपछिलाई सामान्य मानिन्छ । तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको ‘एल–निनो’ का कारण निकै कम पानी पर्ने अनुमान गरिएकाले मनसुनको यो ढिलाइले चिन्ता बढाएको हो ।मौसमविद् डा. पोखरेल यसपालि पश्चिम क्षेत्रसहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको बताउनुहुन्छ । नेपालमा पछिल्ला १५ मध्ये धेरैजसो हिउँद सुक्खा बनेका छन् भने गएकाे वर्ष मधेश प्रदेशलाई सुक्खा क्षेत्र नै घोषणा गरिएको थियो । यस्तै लगातार पछिल्ला तीन वटा हिउँदमा ८० प्रतिशतभन्दा कम पानी परेकाे छ जुन चरम सुक्खाको अवस्था हो ।त्रिविकै सहप्राध्यापक डा. मदन सिग्देल यस पटक ‘सुपर एल–निनो’ को सम्भावना रहेकाले अबको एक महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ ।

उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ ।यसैबीच संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार सन् १९९५ देखि हरेक वर्ष जुन १७ मा मनाइने ’विश्व खडेरीविरुद्धको सङ्घर्ष दिवस’ आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । मरुभूमिकरण र भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ यस वर्ष ‘चरन क्षेत्र : पहिचान, सम्मान र पुनर्स्थापना गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।‘एल–निनो’ समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्था हो । प्रशान्त महासागरको सतहमाथिको तापक्रममा ० दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै ‘एल–निनो’ प्रभाव हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206