

काठमाडौं । टी २० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले आज दोश्रो वार्मअप खेल अमेरिकासँग खेल्दै छ ।
नेपालले वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल अमेरिकासँग खेल्न लागेको हो । यो खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ ।
यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो ।
विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी २० अभ्यास खेल खेलेको थियो ।
अमेरिकासँगको वार्मअप खेलसँगै नेपालको सम्पूर्ण विश्वकप तयारी सकिनेछ ।
विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।