०१ आषाढ २०८३, सोमबार

नेपाल लाइफ इन्स्योरेन्सका सीईओमा पराजुली पुनः नियुक्त

Logo
Pulse Khabar सोमबार, आषाढ ०१, २०८३

काठमाडौँ :नेपाल लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रवीण रमण पराजुलीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उनलाई थप चार वर्षका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।पराजुली २०७९ साउनदेखि नेपाल लाइफको सीईओको रूपमा कार्यरत छन् । त्यसअघि उनी कम्पनीमै वरिष्ठ नायब सीईओको भूमिकामा थिए । नेपाल लाइफमा प्रवेश गर्नुअघि उनले रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओका रूपमा काम गरेका थिए ।

वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका पराजुलीले विभिन्न संस्थामा नेतृत्वदायी भूमिकाहरू सम्हालिसकेका छन् । यसैगरी, कम्पनीले स्वतन्त्र सञ्चालकमा प्रवीण प्रकाश क्षेत्रीलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206