०१ आषाढ २०८३, सोमबार

कञ्चनपुरको महेन्द्रनगरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्स’ सुरु

Logo
Pulse Khabar सोमबार, आषाढ ०१, २०८३

महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि ‘एन्फा कम्युनिटी कोर्स–२०२६’ सुरु भएको छ ।

कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा पहिलो पटक ‘एन्फा कम्युनिटी कोर्ष’ सुरु भएको हो ।कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले कोर्स यही असार ४ गतेसम्म हुने बताउनुभयो । उहाँले जिल्लामा रेफ्री प्रशिक्षण कार्यक्रम यसअघि विसं २०६०, २०७४ र २०८२ मा भएको बताउनुभयो । फुटबलको आधारभूत विकास, प्रशिक्षक उत्पादन तथा खेलकुद क्षेत्रको क्षमता अभिवृद्धिका लागि यस प्रकारका कार्यक्रम सञ्चालन हुनुपर्नेमा उहाँको जोड छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा, डोटी तराईका कैलाली कञ्चनपुरलगायत विभिन्न क्षेत्रबाट इच्छुक प्रशिक्षार्थीहरुलाई समावेश गरिएको सङ्घले जनाएको छ ।जिल्लामा फुटबल खेलको विकास र प्रशिक्षक उत्पादनमा योगदान पुर्‍याउने उद्देश्यले सञ्चालन भइरहेको प्रशिक्षणमा सुदूरपश्चिमभरिका ४५ जना प्रशिक्षार्थी सहभागी छन् । प्रशिक्षकका एन्फाको प्राविधिक टोली खटिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206