काठमाण्डौ :मलमास अर्थात् अधिकमास आजदेखि सकिंदैछ ।
गएको जेठ ३ गतेदेखि शुरु भएको मलमासको आज अन्तिम दिन हो । हरेक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास पर्ने गर्छ । अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ ।यस अवसरमा काठमाण्डौको दक्षिण पश्चिममा रहेको मत्स्यनारायण मन्दिरमा मेला लागिरहेको छ । मेलाको आज अन्तिम दिन हो । यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको नृसिंहधाममा पनि एक महिने मेला लागिरहेको छ ।
मलमासका कारण रोकिएका धार्मिक तथा साँस्कृतिक कार्यक्रम भोलिदेखि शुरु हुँदैछन् । पर्सि रातो मच्छिन्द्रनाथको रथ लगनखेलको थतिटोलबाट तानेर जावलाखेल पुर्याउने तयारी छ ।आज सोमबारे औँसी पनि मनाइँदैछ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो ।
