२९ जेठ २०८३, शुक्रबार

ट्रान्सफर्मर चोरीले किसान संकटमा: खेतीको मुख्य याममा सिँचाइ ठप्प

Logo
Pulse Khabar शुक्रबार, जेठ २९, २०८३

सिरहा: सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरस्थित सिमरा चौरमा सिँचाइका लागि जडान गरिएको ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौं किसान प्रभावित भएका छन् ।

खेतीपातीको मुख्य याममा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सिँचाइ सेवा ठप्प भएको छ ।किसान दुर्गेशकुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बतउनुभयो । “ट्रान्सफर्मर चोरी भएपछि अब डिजेल पम्प वा अन्य वैकल्पिक स्रोतको सहारा लिनुपरेको छ, यसबाट खेतीको लागत बढ्नेछ”, उहाँले भन्नुभयो ।किसान रामपृत यादवले खेती नै परिवारको मुख्य आम्दानीको स्रोत रहेको भन्दै ट्रान्सफर्मर चोरीले ठूलो असर परेको बताउनुभयो । उहाँले सिँचाइ अभावका कारण उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै तत्काल विद्युत् सेवा पुनःस्थापना गर्न माग गर्नुभयो । सिरहामा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले ट्रान्सफर्मर चोरीका घटनाबारे जानकारी दिँदै भन्नुभयो, “हालसम्म ट्रान्सफर्मर चोरीसम्बन्धी १५ वटा उजुरी प्राप्त भएका छन् । प्राप्त उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।” उहाँका अनुसार नवराजपुर र बरियारपट्टी लगायतका क्षेत्रबाट पनि यस्ता घटनाका उजुरी आएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206