२९ जेठ २०८३, शुक्रबार

मकैबालीलाई फौजी कीराले नष्ट गर्दा भोजपुरवासी किसान चिन्तित

Logo
Pulse Khabar शुक्रबार, जेठ २९, २०८३

भोजपुर: फौजी कीराले मकैबालीमा क्षति पुर्याएपछि भोजपुरका किसान चिन्तामा परेका छन् ।

विशेषगरी बेँसी क्षेत्रका बारीमा कीराको आक्रमण बढी देखिएको छ । फौजी कीराले पात, डाठ र गाभा नै खान थालेपछि बाली सखाप हुने अवस्थामा पुगेको पौवादुङमाका किसानहरू बताउँछन् ।फौजी कीराले मकैको कोमल भागमा आक्रमण गर्ने गर्दछ । यसले सुरुमा पातमा स–साना प्वाल पार्दै खाने र मकैको गाभाभित्र पसेर भित्री भाग नै खाने गरेको पौवादुङमा–६ ठूलोदुम्माका किसान बलराम राईले बताउनुभयो ।“पानी नपरेर मकै राम्रोसँग बढ्न सकेन”, उहाँले भन्नुभयो, “त्यसमाथि फौजी कीराले झन् नोक्सान गर्यो । वर्षात् भएमा कीराको क्षति कम हुने थियो । खडेरीका कारण पनि बढी क्षति पुर्याएको अवस्था छ ।”

किसानहरूले समयमै नियन्त्रणका उपाय नअपनाइएमा अझ ठूलो क्षति हुनसक्ने भन्दै सम्बन्धित निकायसँग तत्काल सहयोगको माग गरेका छन् । प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाएर अनुगमन तथा परामर्श दिने काम भइरहेको पौवादुङमा गाउँपालिकाका कृषि शाखाका प्राविधिक वर्तेन्द्र राईले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206