२८ जेठ २०८३, बिहिबार

भन्सार छली गरी भित्र्याइएका ६ लाख मूल्यका विभिन्न सामान प्रहरी नियन्त्रणमा

Logo
Pulse Khabar बिहिबार, जेठ २८, २०८३

इनरुवा: सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्रयाइएका रु छ लाख १४ हजार बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न प्रहरी एकाइबाट खटिएको टोलीले बुधबार र बिहिबार सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रुपमा भित्रयाइएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । जिल्लाका छ वटा स्थानबाट छ लाख १४ हजार बराबरको भन्सार छलीका लत्ताकपडा, किराना सामग्री र सामान ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।त्यसमध्ये इनरुवा–१ बाट रु चार लाख २७ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

बर्जु–४ बाट एक लाख पाँच हजार, रामधुनी नगरपालिका–५ बाट रु ३० हजार ९१०( नौ सय दस), इनरुवा–६ बाट रु ३० हजार, दुहबी–३ र कोशी–५ बाट क्रमश : १० हजार ६९७( छ सय सन्तान्नब्बे ) र रु १० हजार ५०० मूल्य बराबरको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिइएका सामानलाई कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको छ । सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक केशवकुमार थेबेले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206