२८ जेठ २०८३, बिहिबार

मोरङ अपडेट: सीमा क्षेत्रबाट ९२२(नौ सय बाइस) किलो गाँजा बरामद

Logo
Pulse Khabar बिहिबार, जेठ २८, २०८३

विराटनगर:मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बिओपि नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति ९२२( नौ सय बाइस) केजी गाँजासहित एउटा पिकअप र मोटरसाइकल नियन्त्रणमा लिएको हो । चालक भने फरार छन् ।सशस्त्र प्रहरीका अनुसार लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई बिआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकलले स्कटिङ गरिरहेको अवस्थामा प्रहरीले पिछा गरेको थियो । सुरक्षाकर्मीले पिछा गरेपछि चालकहरू गाडी र मोटरसाइकल छाडेर फरार भएका थिए ।

पिकअप गाडीभित्र धानको भुसको बोराले छोपेर लुकाइएको अवस्थामा २९(बाइस) पोका गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा, गाडी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206