२७ जेठ २०८३, बुधबार

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै: ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिने

Logo
Pulse Khabar बुधबार, जेठ २७, २०८३

गण्डकी:गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिने भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको आयोजनामा बिहीबारदेखि सुरु हुने पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियानअन्तर्गत आगामी शनिबार कलकतामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । ‘नाट्टा’ गण्डकीमा आबद्ध पर्यटन व्यवसायीसहित कलकताका पर्यटन व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार, सामाजिक सञ्जालका ‘सेलिब्रेटी’लगायत २२ जना सहभागि हुनुहुनेछ । उक्त कार्यक्रममा पर्यटन गतिविधि समेटिएको वृत्तचित्र, प्रवर्द्धनात्मक सामग्री प्रदर्शन एवं वितरण गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा नाट्टा गण्डकीका महासचिव चेतन कार्कीले जानकारी दिनुभयो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा हवाई उडान सञ्चालनका विषयमा व्यवसायीलगायत सम्बन्धित निकायसँग छलफल तथा अन्तरक्रिया गरिने भएको छ । नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले झण्डै १० करोड जनसङ्ख्या रहेको पश्चिम बङ्गालका बासिन्दालाई लक्षित गरेर कलकतामा पोखराको पर्यटन प्रवर्द्धन गर्न लागिएको बताउनुभयो ।

‘बिटुबी’ एवं ‘सेल्स मिसन’मा पोखराका पर्यटन व्यवसायीले आकर्षक ‘प्याकेज’सहितको भ्रमण योजना प्रस्तुत गर्ने जनाइएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भारत नेपालको पर्यटनका लागि मुख्य स्रोत बजार रहेको बताउनुभयो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली, कलकताजस्ता ठूला सहरमा हवाई उडान सेवा सञ्चालन गर्न सके गण्डकी प्रदेशको पर्यटनले नयाँ फड्को मार्ने प्रमुख लामिछानेले बताउनुभयो । नाट्टा गण्डकीले यसअघि भारतको पटना, बाराणासी, अयोध्या, गोरखपुर र सिलुगुढीमा पोखराको पर्यटन प्रवर्द्धनसँगै ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिसकेको छ । प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका गन्तव्यस्थलको पहिचान गरी तिनलाई देशविदेशका पर्यटन बजारमा चिनाउन नाट्टा सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206