०२ साउन २०८३, शनिबार

ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य: ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष सुविधा

Logo
Pulse Khabar सोमबार, जेठ २५, २०८३

काठमाण्डौ :ग्लोबल आईएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरूलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरूबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने र ग्राहकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहयकार्य शुरुआत भएको हो ।सम्झौताबमोजिम बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले न्यूनतम १५ हजार रुपैयाँ वा त्योभन्दा धेरैको खरिदमा तत्कालै किस्ताबन्दी सुविधा पाउनेछन् । यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक पर्ने छैन । ग्राहकले आफूलाई अनुकूल हुने गरी ३, ६, ९ (नौ), १२ वा १८ महिनासम्मको अवधि छनोट गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस किस्ताबन्दी योजनामा ग्राहकलाई कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन ।साथै यस सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरूको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ग्लोबल बीबीएसएम क्लब कार्ड (क्रेडिट कार्ड) जारी गरिने भएको छ ।भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरूले आफ्नो आर्थिक वर्ष तथा पछिल्लो ३ महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड प्राप्त गर्न सक्नेछन् । शुरुआतमा यो कार्ड बीबीएसएम तथा यसका नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ ।

यो कार्डमार्फत ग्राहकहरूले थप सहज भुक्तानी सुविधा, विशेष अफर, छुट तथा भविष्यमा सञ्चालन हुने विभिन्न ग्राहक लक्षित योजनाहरुूको लाभ लिन सक्नेछन् । यो सहकार्यले डिजिटल भुक्तानी प्रवद्र्धन, आधुनिक वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई थप लाभान्वित गर्ने उद्देश्य बैंकले लिएको छ ।दुवै संस्थाले आउँदा दिनमा संयुक्त रूपमा विभिन्न आकर्षक छुट, क्यासब्याक, रिवार्ड तथा विशेष ग्राहक केन्द्रित योजनाहरू सञ्चालन गर्दै ग्राहकलाई थप लाभ प्रदान गर्ने योजना बनाएका छन् । यो योजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारका रूपमा सहकार्य गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206