०२ साउन २०८३, शनिबार

डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरण, शिक्षामन्त्रीद्वारा प्रदान

Logo
Pulse Khabar सोमबार, जेठ २५, २०८३

काठमाडौँ: डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ बाट वरिष्ठ चिकित्सक डा गौरीशङ्कर लाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

साथै, डा डिल्लीरमण रेग्मी अन्तरराष्ट्रिय शान्ति पुरस्कार २०२६ संस्थागततर्फ कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) लाई प्रदान गरिएको छ । सोमबार आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रिय शान्ति पुरस्कारको राशि रु एक लाख रहेको छ ।पुरस्कार प्राप्त डा गौरीशङ्कर लाल दास चिकित्सा विज्ञान, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति तथा मानवीय सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ । त्यस्तै, डा रामप्रसाद पोखरेलले नेपालको नेत्रचिकित्सा क्षेत्रको विकास, आधुनिक आँखा उपचार सेवाको विस्तार तथा नेपाल नेत्रज्योति सङ्घको स्थापना र सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित कोइकाले नेपालमा शिक्षा, स्वास्थ्य, सुशासन, सूचना प्रविधि, प्राविधिक तथा व्यावसायिक शिक्षा, विपद् व्यवस्थापन र संस्थागत क्षमता विकासलगायत क्षेत्रमा दीर्घकालीन सहयोग गर्दै आएको छ । कार्यक्रममा पुरस्कार छनोट तथा शिक्षा र समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप प्रा डा मोहन लोहनी, प्रा डा जयराज आचार्य र प्रा डा प्रेमकुमार खत्रीलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।पुस्तकालय विकास समितिकी अध्यक्ष प्रा डा विणा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य चन्द्रकिरण श्रेष्ठले संस्थाका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।समितिले हालसम्म १२ पटकसम्म उक्त पुरस्कार प्रदान गरिसकेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206