२४ जेठ २०८३, आइतबार

जफत गरिएका मोबाइल नष्ट गरेपछि सिरहामा विद्यार्थी आन्दोलित

Logo
Pulse Khabar आइतबार, जेठ २४, २०८३

सिरहा: एसइई र कक्षा–१२ को परीक्षाका क्रममा जफत गरिएका करिब ५ सय थान मोबाइल फोन र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाको विरोधमा सिरहाका विद्यार्थी संगठनहरू आन्दोलित भएका छन् ।

संयुक्त विद्यार्थी संगठनले प्रशासनको उक्त कदमलाई ‘दमनकारी’ भन्दै सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहा अगाडि विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको प्रचार सामग्रीमा ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने नाराका साथ प्रदर्शनमा सहभागी हुन सबै विद्यार्थीलाई आह्वान गरिएको हो । अनेरास्ववियु मधेस प्रदेश संयोजक सतिशचन्द्र सिंहले प्रशासनले विद्यार्थीको सम्पत्तिमाथि क्षति पुर्‍याएको भन्दै उचित क्षतिपूर्ति र न्यायको मागका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न परीक्षाका क्रममा परीक्षार्थीहरूबाट ७ वटा आइफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्ट घडी बरामद गरेको थियो । ती सामग्रीहरूको बजार मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ ।

परीक्षाको मर्यादा कायम राख्ने नाममा शिक्षा विकास तथा समन्वय इकाईका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा गठित समितिले ती मोबाइलहरूलाई २४ घण्टासम्म पानीको ड्रममा डुबाएर पूर्ण रूपमा नष्ट गरेको थियो । प्रशासनले ती उपकरणहरू पुनः प्रयोग हुन नसकोस् भनेर यस्तो निर्णय गरिएको बताएको छ ।यद्यपि, जफत गरिएका सामग्री सुरक्षित राखेर परीक्षापछि फिर्ता गर्नुको साटो नष्ट गरिएपछि अभिभावक, कानुन व्यवसायी र विद्यार्थी संगठनहरूले यसको कडा विरोध गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206